आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ।

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : ५३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर