गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा « Khabarhub

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई  सहज भएको बताए।

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ। स्थानीय रामकृष्ण भामले स्थानीय उत्पादन कोदो, सिमी, फापर र धान जिल्लाबाहिरका व्यापारी आएर किनबेच हुन थालेको बताए।

सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढङ्गासमेत बिक्री बढेको छ। स्थानीयस्तरमा विकास–निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहजता भएको छायानाथ रारा पालिका–६ का स्थानीय  कुल कुलालले बताए।

गमगढी–बालै सडक खुलाउन करिब एक हप्ता लागेको थियो। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १६ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय