गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा | Khabarhub Khabarhub

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई  सहज भएको बताए।

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ। स्थानीय रामकृष्ण भामले स्थानीय उत्पादन कोदो, सिमी, फापर र धान जिल्लाबाहिरका व्यापारी आएर किनबेच हुन थालेको बताए।

सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढङ्गासमेत बिक्री बढेको छ। स्थानीयस्तरमा विकास–निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहजता भएको छायानाथ रारा पालिका–६ का स्थानीय  कुल कुलालले बताए।

गमगढी–बालै सडक खुलाउन करिब एक हप्ता लागेको थियो। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १६ बजे

त्रिशूलीमा खसेको बसका एक यात्रुको शव ५० किलोमिटर तल नारायणीमा भेटियो 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव

परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी

भानु जयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका

गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो

चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस