भुमिकास्थानका ६३३ जनाले पाए अपाङ्गता परिचयपत्र | Khabarhub Khabarhub

भुमिकास्थानका ६३३ जनाले पाए अपाङ्गता परिचयपत्र


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। अपाङ्गता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले अपाङ्गता परिचयपत्र वितरण गरेको हो।

परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन्। ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन्।

उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपाङ्ग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन्।

वडाले गरेको सिफारिस तथा अन्य अपाङ्गता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ०५ बजे

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित

हेटौँडामा धुलो दूधको उत्पादन हुने

हेटौँडा- दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक

अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ

एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबीन सुरु

काठमाडौं – एनसेलको शेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न गठित समितिले

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना