भुमिकास्थानका ६३३ जनाले पाए अपाङ्गता परिचयपत्र « Khabarhub

भुमिकास्थानका ६३३ जनाले पाए अपाङ्गता परिचयपत्र


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। अपाङ्गता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले अपाङ्गता परिचयपत्र वितरण गरेको हो।

परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन्। ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन्।

उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपाङ्ग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन्।

वडाले गरेको सिफारिस तथा अन्य अपाङ्गता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ०५ बजे

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी