राजदूत वाग्ले र बहराइनका प्रधानमन्त्री खलिफाबीच भेटवार्ता « Khabarhub

राजदूत वाग्ले र बहराइनका प्रधानमन्त्री खलिफाबीच भेटवार्ता



दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले र त्यहाँका युवराज तथा प्रधानमन्त्री राजकुमार सलमान बिन हमाद अल खलिफाबीच भेटवार्ता भएको छ।

राजदूत वाग्लेलाई रिफा प्यालेसमा स्वागत गर्दै युवराज खलिफाले बहराइन–नेपाल सम्बन्धको निरन्तर वृद्धिमा प्रकाश पार्दै साझा हितलाई अगाडि बढाउन समन्वय र सहयोगलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

युवराजले राजदूत नियुक्ति भएकोमा वाग्लेलाई बधाई दिँदै कूटनीतिक जिम्मेवारीमा सफलताको कामनासमेत गरेका थिए। भेटमा साझा हितका विषयमा र क्षेत्रीय तथा विश्वव्यापी विकासका विषयमा छलफल भएको थियो।

आफ्नो तर्फबाट पनि राजदूत वाग्लेले दुई देशबीचको सहयोगलाई निरन्तरता दिने युवराजाको प्रतिबद्धताको लागि प्रशंसा व्यक्त गर्दै बहराइनको थप प्रगति र समृद्धिको कामना गरे।भेटका अवसरमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि, श्रमिक कल्याण, पर्यटन तथा व्यापार एवम् हवाई सम्पर्क लगायत साझा हितका विषयमा चर्चा भएको थियो।

बैठकमा शेख मोहम्मद बिन सलमान बिन हमाद अल खलिफा पनि सहभागी थिए। यसैगरी, राजदूत वाग्लेले त्यहाँका पर्यटन मन्त्री फातिमा अल सैराफीसँग पनि शिष्टाचार गर्दै दुई देशबीचको सम्बन्ध, पर्यटकीय विशिष्टता तथा हस्पिटालिटी सेक्टरमा रोजगारीको अवसर लगायतका विषयमा छलफल गरेका छन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल