प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान « Khabarhub

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज मतदान हुँदै छ। मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिउका छन्।

प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ। आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले बताए।

दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ३९ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत