लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बेंसीशहरबाट मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो। घटनास्थलमै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

उक्त जिप उकालोमा ब्रेक फेल हुँदा बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए। घाइते ८ जनाको उपचार भइरहेकोमा ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ।

मर्स्याङ्दी गाउँपालिका ८ रिङटाङका अन्दाजी २० बर्षीया उर्मिला गुरुङ, सोही ठाउँका २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ, ३२ वर्षीया सीता गुरुङलाई रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, भुस्मेका १३ वर्षीय बालक राज तामाङ, १३ वर्षीय बालक हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुङ्गा खिजिबिम्बा गाउँपालिका ७ का ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : २५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस