विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम लागू नगर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम लागू नगर्न प्रधानमन्त्रीको निर्देशन


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन्।

प्राधिकरणले आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइललाई नेटवर्क प्रयोग गर्न नमिल्ने नियम लागू गर्ने बताएको थियो।

प्राधिकरणले विगत एक हप्ताअघि सूचना निकालेर दर्ताबिनाका कुनै पनि मोबाइल पुस १५ देखि नचल्ने बताएको थियो।

विदेशबाट मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाइरहेका थिए। उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने अभियान चलाए पछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : ५१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट