सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए।

यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौँडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन्।

घाइतेमध्ये ट्रकमा सवार नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १२ : १० बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित