५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायताको खाँचो « Khabarhub

५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायताको खाँचो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीले यसबारे जानकारी दिँदै श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेको उल्लेख गरेको छ ।

हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ ।

पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ ।
यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ ।

श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ ।

यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ३३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ