‘ठमेलका तार हटाएर गल्ली नम्बर राख्दैछौँ’ | Khabarhub Khabarhub

‘ठमेलका तार हटाएर गल्ली नम्बर राख्दैछौँ’

‘दुई महिनामा ठमेल झन् राम्रो र व्यवस्थित हुन्छ’


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अंग्रेजी नयाँ वर्षको अवसरमा यसपटक पनि ठमेलमा सडक महोत्सव हुँदैछ । शनिबार राती हुने महोत्सव आइतबार बिहानसम्म हुनेछ । यसपटकको सडक महोत्सवमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई आमन्त्रण गरिएको छ । उपराष्ट्रपति आउने भएपछि ठमेल पर्यटन विकास परिषद् संस्थाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर महोत्सव भव्य हुने बताएको छ । यसपटकको महोत्सवमा ठमेल व्यवस्थित गर्नेदेखि मौलिक परिकार र रैथाने संस्कृति देखाउने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । यसपटक पनि हुने ‘न्यू इयर इभ’का अवसरमा अध्यक्ष शर्मासँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः

ठमेल प्रमुख पर्यटकीय गन्तव्य भएपनि व्यवस्थित छैन किन ?

पहिलेभन्दा ठमेल व्यवस्थित हुँदैछ । ठमेललाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामीले विशेष काम गरिरहेका छौँ । अहिले विजुलीका तारसँगै केवल तार हटाउने काम तीव्र रुपमा भइरहेको छ । सबैभन्दा ठमेल कुरुप भएको यो तारहरु हटाइँदैछ । त्यसबाहेक ठमेललाई सून्दर र व्यवस्थित बनाउने काम भइरहेको छ ।

पोखराको लेकसाइड र ठमेल हेर्ने हो भने पोखरा व्यवस्थित छ, ठमेल अव्यवस्थित छ । सँधै यस्तो किन ?
पोखराको लेकसाइड योजना बनाएर निर्माण गरिएको हो । त्यसैले त्यो विकसित र व्यवस्थित देखियो । तर ठमेल योजनामा बनेको थिएन । विदेशी पर्यटकको आकर्षण बढेपछि ठमेलले प्रमुख पर्यटकीय गन्तव्यको पहिचान पायो । पोखरामा जस्तै हामी पनि ठमेलमा गल्ली नम्बर हाल्दैछौँ । अनि तार हटाएर सुन्दर व्यवस्थित गर्दैछौँ । दुई महिनामा ठमेललाई धेरै व्यवस्थित गर्दैछौँ । त्यसपछि आएर हेर्नुभयो भने यो धेरै सुधार भइसक्छ ।

ठमेलमा अंग्रेजी नयाँ वर्षमा न्यू इयर इभबाहेक अरु हुँदैन किन ?
अब पहिलेदेखि चल्दै आएको चलन हो । हामीले पनि यसलाई निरन्तरता दिइरहेका छौँ । ठमेलको विशेषता नै विदेशी पर्यटकका लागि विशेष ठाउँ हो । जुन अंग्रेजी नयाँ वर्षमा विशेष रुपमा मनाइन्छ । यसबाहेक हामी छिट्टै ठमेल पर्यटन महोत्सव गर्दैछौँ । त्यसबारे अलि पछि विस्तृत जानकारी दिनेछौँ ।

अन्त्यमा, यसबाहेक न्यू इयर इभको तयारी कति सकियो ?
हामीले यसपटक विगत वर्षभन्दा केही फरक व्यवस्थापनको प्रयास गरेका छौँ । कम्तीमा एक लाख मानिसहरु भेला हुन सक्ने गरि सबै व्यवस्थापन गरेका छौँ । ट्राफिक व्यवस्थापनदेखि अरु कुराको व्यवस्थापन गरेका छौँ । यसपटक मौलिक खानेकुरा खानेदेखि केही मौलिक सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छौँ । उपराष्ट्रपति आउने भएपछि यसले नेपालको पर्यटनमा ठमेल सडक महोत्सवको महत्व बढ्ने अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ४५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य