निजी विद्यालय संघको भेला बर्दिबासमा सुरु, पदाधिकारी भन्छन्- सरकारले सौतेनी व्यवहार गर्यो « Khabarhub

निजी विद्यालय संघको भेला बर्दिबासमा सुरु, पदाधिकारी भन्छन्- सरकारले सौतेनी व्यवहार गर्यो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन) मधेस प्रदेशको भेला महोत्तरीको बर्दिबासमा सुरू भएको छ ।

प्याब्सनअन्तर्गत रहेका मधेस प्रदेशका निजी विद्यालयलाई कसरी थप व्यवस्थित र गुणस्तरीय बनाउने भन्ने विषयमा बिहीबारदेखि बर्दिवासमा भेला सुरू भएको हो । भेला शनिबारसम्म चल्ने प्याब्सनका केन्द्रीय सदस्य दिपक रायमाझीले जानकारी दिए ।

मधेस प्रदेशमा प्याब्सनअन्तर्गतका ७११ वटा निजी विद्यालय छन । यी विद्यालयमा एक लाख विद्यार्थी अध्ययन गरिरहेका छन् भने तीन हजार शिक्षकहरुले प्रत्यक्ष रोजगार पाएका छन् । झण्डै तीन सय कर्मचारीसमेत कार्यरत रहेका यी विद्यालयमा गुणस्तरीयतालाई थप गतिशील बनाउने अभियानअन्तर्गत भेला बसिरहेको प्याब्सन मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।

शिक्षकहरूको समेत वृत्तिविकासलाई ध्यानमा राख्दै नेतृत्व विकास तालिमसमेत दिइएको छ । भेलाले नयाँ कार्यायोजना बनाएर तिन वटै तहका सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

निजी र सामुदायिक विद्यालयबीच सौतेनी व्यवहार भइरहेको बताउदै अर्का केन्द्रीय सदस्य नरेन्द्र शर्माले यही विषयमा अदालतमा मुद्दा समेत लडिरहेको बताए ।

उनले भने, ‘हाम्रा विद्यार्थीहरुले सरकारी छात्रवृत्ति नपाउने र सरकारी विद्यालय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु वास्तवमै भेदभाव र सौतेनी व्यवहार भइरहेको छ,’ उनले भने । प्रदेशको समस्या पहिचान गरी भेलाबाटै गहन बहस र छलफल गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ०३ बजे

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन-३ अन्तर्गत आजको पहिलो

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा