ओली र नेपाल मिलाउने प्रयास सेलाउँदै, पार्टी एकताको हल्लाबारे दुईटै दलमा अनभिज्ञता « Khabarhub

ओली र नेपाल मिलाउने प्रयास सेलाउँदै, पार्टी एकताको हल्लाबारे दुईटै दलमा अनभिज्ञता


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई दिनयता नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि अध्यक्ष नेपाल एक्लो भएका छन् ।

नेपालले आफूलाई एक बचन पनि नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि सार्वजनिक गरिसकेका छन् । त्यसपछि नेपालसँग प्रचण्डले हात्तीवनमा एकपटक भेटेका थिए । प्रचण्डले ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गरे । आफ्नै निवास खुमलटारमा ओलीलाई दुई घन्टा कुर्न लगाए । तर माधव नेपाल कोटेश्वरस्थित आफ्नो निवासबाट बाहिर निस्केनन् । बरु, ओली खुमलटारमा पुगेको दिन अपराह्न ४ बजे नेपालले कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग शान्तिनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरे ।

नेपाललाई त्यसअघि एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर भेटेका थिए । दुबैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गरे । तर नेपाल तयार भएनन् । बरु, उनी एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बसे । सरकारलाई समर्थन गर्दै अघि बढ्ने कि प्रतिपक्षमा बस्ने भन्ने राय सुझाव लिइरहे ।

दुई वर्षअघि ओलीसँग जुन विषयमा विरोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उनले ओलीसँगको भेटवार्तालाई त्यति महत्व नदिएका हुन् । नेपालले पार्टीका नेताहरूसँग कुराकानी गर्दै ओली आफ्नो निवासमा आए रातो कार्पेट ओछ्याएर उनलाई स्वागत गर्न तयार भएको, तर आफू बालकोट नजाने स्पष्ट पारेका छन् ।

खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशंकित भएका छन् । एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्रम फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो । त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो ।

शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पारेका छन् । उनले एकपटक पार्टीले भोगिसकेको पीडाबारे आफूहरू राम्रो जानकारसमेत रहेको भन्दै तत्काल एकीकृत समाजवादीसँग एकता नहुने संकेत पनि गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : २५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन