सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ « Khabarhub

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका थिए । रावललाई प्रदेश प्रमुखको कार्यालयमै शपथ गराइएको थियो ।

त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो ।

६ जनाले लिए मातृ भाषा र स्थानीय पहिरनमा शपथ

मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच जना तथा नेपाली कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा शपथ लगेका हुन् ।

मातृभाषमा शपथ लिनेमा कैलाली क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ५७ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान