खोटाङको ऐंसेलुखर्कमा कृषि मेला सम्पन्न « Khabarhub

खोटाङको ऐंसेलुखर्कमा कृषि मेला सम्पन्न


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानलाई प्रोत्साहन र कृषि पेशाको सम्मानका लागि गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐंसेलुखर्कको आधार” भन्ने नारासहित बुधबार र बिहीबार कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवं बजारीकरण गर्ने, कृषि उपजबीच प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायिक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वातावरण बनाउने लक्ष्यका साथ गाउँपालिकाले २०७४ सालदेखि नै पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

ऐंसेलुखर्क बजारको हटियाडाँडामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका १६१ कृषकले ४५६ कृषिजन्य वस्तु ल्याएका थिए । टाढा–टाढाबाट आएका किसानले खाद्यान्न बाली, काउली परिवारका बाली, जरे बाली, टमाटर, फर्सी, लहरे बाली, हरियो तरकारी, दलहन, सुन्तला जातका फलफूल, किबी, केरा, आलु, निर्यात प्रवर्द्धन बाली, तेलहन बाली, मसला बाली, च्याउ, कन्दमूल र विविध बाली प्रदर्शनीमा राखेको कृषि तथा पशु शाखाले जनाएको छ ।

कृषि मेलामा गाउँपालिकाका ऐंसेलुखर्क, महेश्वरी, सुंदेल, दिप्सुङ, राखाबांदेल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफुल, खाद्यान्न, तेलहन र दलहन तथा नगदेबाली अन्तरगतका १७ स्टल राखिएको थियो । कृषि मेलालाई सयौं स्थानीयले अवलोकन गरेका छन् ।

‘कृषकले उत्पादन गरेका कृषि उपजबीच प्रतिष्पर्धा गराउने, कृषकलाई व्यवसायिक बन्न प्रोत्साहित गर्ने र नमूना कृषकको सिको गराउने लक्ष्यका साथ हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजन हुँदैआएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यसले कृषकलाई प्रतिष्पर्धामा सहभागी गराएर र पुरस्कृत हुने अवसर पनि दिलाएको छ ।’

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ०९ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको