फिक्कल इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित « Khabarhub

फिक्कल इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रवाह हुनेछ ।

यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा आइन्दा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ । नगर प्रमुख रणबहादुर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र सङ्गठनात्मक संरचनासमेत पारित गरिसकेको बताए ।

“आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ”, उनले भने, “भौगोलिकरुपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ ।”

उपप्रमुख दुर्गाकुमार बरालले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दालाई सहज हुने बताए । हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरी अस्पताल सञ्चालन भइरहेको छ । निर्माण भइरहेको नयाँ भवनलाई समयमै सम्पन्न गराएर चाँडै नै सेवा प्रवाहमा सहज गराउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल