फिक्कल इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित | Khabarhub Khabarhub

फिक्कल इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रवाह हुनेछ ।

यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा आइन्दा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ । नगर प्रमुख रणबहादुर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र सङ्गठनात्मक संरचनासमेत पारित गरिसकेको बताए ।

“आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ”, उनले भने, “भौगोलिकरुपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ ।”

उपप्रमुख दुर्गाकुमार बरालले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दालाई सहज हुने बताए । हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरी अस्पताल सञ्चालन भइरहेको छ । निर्माण भइरहेको नयाँ भवनलाई समयमै सम्पन्न गराएर चाँडै नै सेवा प्रवाहमा सहज गराउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग