राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई « Khabarhub

राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कायम गरी संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासङ्घ र करुणा फाउन्डेसनद्वारा संयुक्त रुपमा विराटनगरको जैनभवनमा आजदेखि सञ्चालन गरिएको दुईदिने अपाङ्गता समावेशी रोजगारी मेला–२०२२ को उद्घाटन गर्दै उनले अपाङ्गता भएका व्यक्तिलाई समाजमा समावेशिता कायम गरी विकासको मूल प्रवाहमा ल्याउन रोजगार मेला सहयोगी एवं उपयोगी हुने धारणा राखे ।

उनले सरकारले विकासका पूर्वाधार निर्माणका साथसाथै जनतालाई तत्काल राहत र सेवासुविधा दिने कार्यमा सँगसँगै लाग्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा सीप प्रदान गर्नु सरकारको दायित्व भएकाले यस सम्बन्धमा आगामी दिनमा कानून निर्माण गरी कार्यान्वयन गर्न आग्रहसमेत गरे ।

सामाजिक विकासमन्त्री राजन राईले सरकार तथा निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधार अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै शिक्षण संस्था तथा अस्पताल अपाङ्गमैत्री हुनुपर्ने बताए ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले महासङ्घ आबद्ध सदस्यलाई अपाङ्गता भएका व्यक्तिहरुको दक्षता र शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध गराउन प्राथमिकता दिएको धारणा राखे ।

राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश अध्यक्ष नवीनचन्द्र ढुङ्गेल, कुष्ठरोग निवारण संस्थाका अध्यक्ष शोभा कँडेल, करुणा फाउन्डेसनका योगेन्द्र गिरी र राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले मुलुकको विकासमा अपाङ्गता व्यक्तिको रोजगारीले सहयोग पु¥याउने धारणा राखे ।

विभिन्न उद्योग, बैंक, होटल, सुरक्षा प्रदान गर्ने संस्था गरी ३५ कक्षबाट एक सय अपाङ्गता भएका व्यक्तिले दक्षता, सीप एवं शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध हुने विश्वास उद्योग वाणिज्य महासङ्घका प्रदेश निर्देशक श्याम भण्डारीले बताए । प्रदेशमा २८ हजार अपाङ्गता भएका व्यक्ति छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ४ : ०१ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण