सत्ता गुमेपनि प्रदेशहरुमा धमाधम संसदीय दलका नेता छान्दै कांग्रेस « Khabarhub

सत्ता गुमेपनि प्रदेशहरुमा धमाधम संसदीय दलका नेता छान्दै कांग्रेस


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा पुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले कांग्रेसले हातमै आएको सत्ता गुमाउन पुगेको हो ।

अहिलेकै सत्तागठबन्धन कायम रहेमा कांग्रेस आगामी पाँच वर्षसम्म प्रतिपक्षमै सीमित हुने निश्चित छ । तर प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेसले सर्वसम्मत र निर्वाचनका माध्यमबाट प्रदेशहरुमा संसदीय दलको नेता चयनलाई तीव्र पारेको छ ।

अहिलेसम्म कांग्रेसले पाँचवटा प्रदेशमा दलको नेता चयन गरिसकेको छ । जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत भए भने चारवटा प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका छन् ।

कांग्रेसमा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका हुन् । अब लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन हुन बाँकी छ ।

अहिलेसम्म चयन भएका सबै प्रदेश संसदीय दलका नेता सभापति शेरबहादुर देउवा निकट रहेका छन् । प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे र कर्णालीमा जीवनबहादुर शाही पाँचैजना देउवा पक्षका हुन् । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धन हुन्थ्यो भने उनीमध्ये धेरै मुख्यमन्त्री बन्ने निश्चित थियो ।

प्रदेश १ मा थापाले अमृत अर्याल र केदार कार्कीलाई पराजित गरेका हुन् । मधेसमा कृष्ण यादवले रामसरोज यादव, बागमतीमा बहादुरसिंहले इन्द्र बानियाँ, गण्डकीमा पाण्डेले भोजराज अर्याललाई पराजित गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । अन्य प्रदेशमा प्रदेश सभा बैठक आह्वान गरिसकेकाले पनि चाँडै दलको नेता चयन गरिएको हो । लुम्बिनी र सुदूरपश्चिममा अझै बैठक आह्वान गरिएको छैन ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ४ : ४३ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ