चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय | Khabarhub Khabarhub

चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गरेका छन् ।

आज आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै उनले कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ ।

उनले भने, “मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।” उनले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गरे ।

चाक्चाकुर चाडका अवसरमा आज काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । “मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ”, किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ काठमाडौँ उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताए ।

चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् ।

आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी सङ्घले पाचौँ महाधिवेशन २०७९ पनि सम्पन्न गरेको छ ।

कुलुङ समुदायको उद्गमस्थल सोलुखुम्बुको माहाकुलुङमा गाउँपालिका भएको र मुख्यगरी सङ्खुवासभा, भोजपुर र इलामलगायत जिल्लामा ठूलो समुदायमा बसोबास गरेको पाइन्छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ०९ बजे

चिसोले खुट्टा फुट्यो ? अपनाउनुस् यी विधि

काठमाडौं– जाडोमा खुट्टा फुट्नु सामान्य समस्या हो । जाडो मौसम नजिकिँदै

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

धनुषा– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ ।

लाङ्टाङमा हराएका विदेशी पर्यटक मृत भेटिए

रसुवा– लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

बेलबारी– हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको व्रत आज समापन हुँदै

काठमाडौं – लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठपर्वको