सुदूरपश्चिम र कर्णालीमा आज पुसे १५ पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिम र कर्णालीमा आज पुसे १५ पर्व मनाइँदै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज पुस १५ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे १५’ पर्व मनाइँदैछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे १५’ पर्व मनाइने चलन छ ।

आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ ।

कर्णाली प्रदेशको कालीकोट, जुम्ला, मुगु, सुदूरपश्चिमको बाजुरा, अछाम, डोटी र बाजुरा जिल्लामा आजको रातमा भैली खेल्ने, आगो बाल्ने, कथा हाल्ने र विभिन्न परिकारका रोटी पकाएर खाएर ‘पुसे १५’ पर्व मनाउने चलन रहेको कालीकोट खाडाँचक्र नगरपालिका–२ पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए ।

“रातभर विभिन्न कार्यक्रम गरेर बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको छ”, उनले भने, “रातभरि कथा, कहानी सुनाउने, चामलको मोटो रोटी हाल्ने, कतैकतै भैली खेल्ने चलन रहेको छ ।”

आजको रातमा भैली खेलेर खाद्यान्न जम्मा गर्ने र त्यही खाद्यान्नबाट भोलिपल्ट वनभोज (पाटेभात) खाने विगतमा चलन रहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका ९० वर्षीय भैरबहादुर शाहीले जानकारी दिए । “आज १५ किसिमका परिकार खाने चलन रहेको छ”, उनले भने, “चामल र मास मिसाएर रोटी बनाएर खाने चलन रहेको छ । त्योसँगै आजको राति भैली खेलेर भोलिपल्ट वनभोज खाने चलन रहेको छ ।”

ठाउँअनुसार फरकफरक तरिकाले ‘पुसे १५’ मनाउने गरिएको कालीकोट रास्कोट नगरपालिका उपप्रमुख तथा पूर्वबडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनीराज बरालले जानकारी दिए । “ठाउँअनुसार फरकफरक तरिकाले यो पर्व मनाउँछन”, उनले भने, “कतै रातभर जाग्राम बसेर, कतै भैली खेलेर, कतै खानेकुरा कुरा पकाएर बस्ने चलन रहेको छ ।”

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका