शुक्लाफाँटामा मकै खेतीको क्षेत्र विस्तार गरिने « Khabarhub

शुक्लाफाँटामा मकै खेतीको क्षेत्र विस्तार गरिने


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा अरुण ४ र पाइनियरलगायत उन्नत जातका मकैको बीउ उपलब्ध गराइने नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए ।

“मकै खेती गर्ने किसानको सङ्ख्या प्रतिवर्ष घट्दै गएको छ”, उनले भने, “मकै खेतीप्रति किसानको मोह बढाउन अनुदानका कार्यक्रम ल्याएका हौँ ।” किसानले माग गरेका मकैका उन्नत जातहरुको बीउ ल्याएर वितरण गर्ने योजना बनाइएको उनले बताए । “पाइनियर र अरुण–४ जातका मकै पूर्वतर्फका कैलाली, बर्दिया र बाँकैमा फस्टाएको पाएका छौँ”, शाखाप्रमुख बुढाऐरले भने, “किसानले पनि तीनै जातको माग गरेकाले उपलब्ध गराउँदैछौँ ।”

हाल नगरपालिका क्षेत्रमा वसन्ते मकैको खेती ५० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । त्यसलाई बढाएर दोब्बर पार्ने नगरपालिकाको योजना छ । बजारमा उन्नत जातका वसन्ते मकैको बीउको मूल्य उच्च भएकाले सबै किसानले खरिद गर्न नसक्ने भएकाले आधा मूल्य नगरपालिकाले तिर्ने र आधा मूल्य किसानले तिर्ने गरी कार्यक्रम बनाइएको छ ।

“नगरपालिका क्षेत्र पहिला बर्खे मकैका लागि जिल्लामै अग्रस्थानमा रहेको थियो”, स्थानीय किसान रामकिसन डगौराले भने, “मकैको बजार भाउ नमिल्दा धेरैले छाड्दै गए, मकैको तुलनामा बढी आम्दानी दिने तरकारी खेती, उखु खेती गर्न थाले, त्यसपछि मकै लगाउने किसान खोज्नै मुस्किल हुन थालेको छ ।”

वन क्षेत्र संरक्षण भएपछि जङ्गली जनावरको सङ्ख्या बढ्दा लगाएको मकै बाली खाएर सखाप पार्न थालेपछि किसानले मकै लगाउन छाड्नुको अर्को कारण रहेको उनले बताए । हाल बजारमा कुखुरापालक किसान बढेसँगै मकैको माग उच्च छ ।

नगरपालिका क्षेत्रमा मकै नपाइँदा कुखुरापालकले बाह्य क्षेत्रबाट मकै खरिद गरेर दाना बनाई चारोका रुपमा कुखुरालाई खुवाउँदै आएका छन् । कुखुरापालक किसान कमल चौधरीले मकै बाह्य क्षेत्रबाट ल्याउँदा त्यसमा ढुवानी भाडा जोड्दा मूल्य निकै उच्च हुने गरेको बताए ।

“मकै प्रतिकिलो रु ३० देखि रु ३५ मा खरिद गर्दै आएका छौँ”, उनले भने, “ढुवानी खर्च जोड्दा रु ४० प्रतिकिलोसम्म पुग्छ, नगरपालिकामै मकै पाए ढुवानी भाडा तिर्नु पर्दैन, सस्तो हुन्छ ।”

मकै खेती गर्ने किसानले बजार मूल्य पाउन थालेकाले बर्खेभन्दा वसन्ते मकै लगाउने गरेका छन् । वसन्ते मकै बजारमा पोलेर बिक्री हुने र मकै दानाका रुपमा कुखुरापालकले घरबाटै खरिद गरी लैजाने गरेका छन् ।

नगरपालिकाले चालू आर्थिक वर्षमा किसानको मागअनुसार बीउ उपलब्ध गराउने भएको छ । वसन्ते मकै खेती गर्ने किसानलाई अभिमुखीकरण तालिम दिइने शाखाप्रमुख बुढाऐरले बताए । उनका अनुसार अर्को आर्थिक वर्षदेखि वसन्ते मकै खेती गर्ने किसानलाई बीउसँगै रासायनिक मल, कीटनाशकलगायत उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : १७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग