अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक « Khabarhub

अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाले पानीमुनी चल्ने चालकरहित उपकरण ड्रोन सार्वजनिक गरेको छ । नौसैनिक युद्धमा प्रयोग हुने यस ड्रोनले समुद्रमुनी निगरानी गर्ने बताइएको छ । यसबाहेक समुद्रमुनी राखिएका नौसैनिक धरापलाई निस्तेज तुल्याउन पनि यस ड्रोन प्रयोग हुनेछ ।

एसिया टाइम्सले जनाएअनुसार डाइभ लार्ज डिस्प्लेस्मेन्ट भेइकल भनिने यस ड्रोनबाट अष्ट्रेलियाको नौसैनिक क्षमता बढ्ने अपेक्षा गरिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई काउन्टर गर्न अष्ट्रेलियाले नयाँ ड्रोन सार्वजनिक गरेको विश्लेषण गरिएको छ ।

थप हतियार समेत जडान गरी यस ड्रोनलाई अझ परिष्कृत गर्ने अष्ट्रेलियाको योजना छ । हतियारजडित ड्रोनलाई ‘गोस्ट सार्क’ नाम दिइएको छ । गोस्ट सार्क सन् २०२५ भित्र अष्ट्रेलियाको नौसेनामा तैनाथ भइसक्ने अपेक्षा गरिएको छ ।

एसिया टाइम्सका अनुसार अष्ट्रेलियाको एन्डुरिल नामक संस्था, शाही अष्ट्रेलियन नौसेना र रक्षाविज्ञान एवम् प्रविधि समूहको सहकार्यमा ड्रोनको विकास गरिएको हो । यसको लागत १० करोड अमेरिकी डलरभन्दा कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट

एजेन्सी– क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

प्रधानमन्त्रीविरुद्ध आमरण अनशनमा निकोलस भुसाल (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

काठमाडौं– देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८