अफगानिस्तानमा पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीको हत्या अझै रोकिएन « Khabarhub

अफगानिस्तानमा पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीको हत्या अझै रोकिएन


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा पूर्ववर्ती सरकारको मातहतमा काम गरेका सुरक्षाकर्मीको रहस्यमय हत्याको क्रम अझै नरोकिएको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले स्रोतलाई उद्धृत गर्दै तालिबानको शासनमा पूर्ववर्ती सरकारको मातहतमा काम गरेका सुरक्षाकर्मीको हत्या हुने क्रम अझै नरोकिएको उल्लेख गरेको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेपछि तालिबानले पूर्ववर्ती सरकारमा काम गरेका सबैलाई आममाफीको घोषणा गरेको थियो ।

तालिबानको घोषणाका बावजुद पूर्ववर्ती सरकारअन्तर्गत खटिएका सुरक्षाकर्मीलाई बेपत्ता बनाउने, उनीहरुको हत्या हुने क्रम अझै नरोकिएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले उल्लेख गरेको छ ।

संस्थाले अघिल्लो महिना मात्रै मुलुकमा पूर्ववर्ती सरकारको मातहतमा रहेको अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) का ४७ सुरक्षाकर्मी, प्रहरी, गुप्तचर निकायका सदस्य र अर्धसैनिकको गैरन्यायिक हत्या गरिएको एवम् बेपत्ता पारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको गजनी, हेल्मण्ड, कन्दाहार र कुन्दुज प्रान्तमा यस्ता घटना बढी हुने गरेको भएपनि पाक्टिया, पाक्टिका, खोस्त प्रान्तमा पनि यस किसिमका घटना हुने गरेको पाइएको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १५ बजे

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई