सांकेतिक तस्बिर

समाचार

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी

By खबरहब

December 30, 2022

बाजुरा – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले आगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए ।

नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए ।

केही महिना पहिला नगरपालिकाको प्रावधिक फाटबाट ल्यापटवलगायतका समान चोरी भएका थियो ।