अत्यन्त शुभ मानिन्छ यी ६ बिरुवा घरमा भए « Khabarhub

अत्यन्त शुभ मानिन्छ यी ६ बिरुवा घरमा भए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा घर, कार्यालय लगायतका स्थानमा हुने शुभ अशुभ फलका बारेमा जानकारी दिइएको हुन्छ । यसमा विभिन्न बोट बिरुवा पनि समावेश हुन्छ । घरमा केही प्रकारका बिरुवा भए अशुभ हुने र केही बिरुवाका कारण सकारात्मक ऊर्जा प्राप्त हुने वास्तुको मान्यता छ ।

कुन कुन बोटबिरुवा शुभ मानिन्छ त?

क) बाँस
बाँसको बोट घरमा हुनु शुभ मानिन्छ । घरको ईशान कोण अर्थात् उत्तर–पूर्वमा वा उत्तर दिशामा बाँस भए आर्थिक लाभ हुने मान्यता छ । साथै बाँस भएको घरमा सुख–समृद्धिको कमी नहुने वास्तुको मान्यता छ ।

ख) बेसार
बेसारको बोट धार्मीक दृष्टिले निकै शुभ मानिन्छ । घरमा बेसारको बोट भए वा यसको दैनिक पूजा गरे पूजाकर्ताको मनोकामना पुरा हुने धार्मिक मान्यता छ । साथै वास्तुमा घरमा बेसारको बोट हुने शुभ मानिन्छ । यसले घरमा आर्थिक लाभ गराउने विश्वास गरिन्छ ।

ग) क्रासुला
चिनियाँ वास्तु शास्त्रको मान्यता अनुसार क्रासुला घरमा भए यसले आर्थिक लाभ गराउँछ । यसलाई मनी ट्री पनि भनिन्छ । जुन घरमा क्रासुला रोपिएको हुन्छ त्यस घरमा आर्थिक लाभ गराउने भएकाले यसलाई घरको मुख्यद्वारमा रोप्नु शुभ मानिन्छ ।

घ) तुलसी
तुलसीले घरमा सकारात्मकता र सुख–समृद्धि ल्याउने वास्तुको मान्यता छ । आइतबार र एकादशी छाडेर तुलसीमा पानी चढाएमा साथै दैनिक साँझ तुलसीको बोट मुनी दियो बालेमा आर्थिक लाभ हुने र सकारात्मकता भित्रने मान्यता छ ।

च) समी
समीको बिरुवालाई समेत शुभ मानिन्छ । यो बिरुवा घरमा रोपेमा लक्ष्मीको आगमन हुने मान्यता छ । यदि कुण्डलीमा शनि दोष छ भने समीको बोट मुनी सरस्युको तेलमा दियो बालेमा यसैको फलका कारण शनिले शुभ फल दिने मान्यता छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : १५ बजे

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी

सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष

मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ ।