विवाह गर्ने सही उमेर कति हो ? थाहा पाउनुहोस् « Khabarhub

विवाह गर्ने सही उमेर कति हो ? थाहा पाउनुहोस्


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विवाहले केवल दुई व्यक्तिलाई मात्र सम्बन्धमा गाँस्दैन यसले दुई परिवारलाई पनि जोड्दछ ।

विवाहपछि धेरै जिम्मेवार बन्नु पर्ने भएकाले पनि मानिस परिपक्व हुन आवश्यक छ । विवाह गर्ने उमेर पनि परिपक्व हुनु पर्दछ ।

कति उमेरमा विवाह गर्नु उत्तम ?

नेपालमा विवाहको कानुनी उमेर २० वर्ष अगावै पनि कतिपयको विवाह भएको पाइन्छ । तर हालै जारी गरिएको एक प्रतिवेदन अनुसार विवाहका लागि २९ वर्षको उमेर उत्तम मानिएको छ । यो उमेरमा विवाह गर्नु सबैभन्दा राम्रो मानिन्छ । यो उमेरमा मानिस शारीरिक र मानसिक रूपमा नयाँ सम्बन्धका लागि तयार हुने अनुसन्धानले देखाएको छ ।

२९ वर्षको उमेरमा अधिकांशले अध्ययन सकेर रोजगारी पाएको हुने र व्यवहारिक कुरामा पनि परिपक्व हुने देखिएको छ । यो उमेरमा शरीरमा नयाँ परिवर्तन आएको हुन्छ । महिला पनि यही उमेरमा आमा बन्ने र सन्तानको स्याहारमा परिपक्व बनिसक्ने प्रतिवेदनले देखाएको छ।

२९ बर्षको उमेरमा आफ्नो जीवनसंगीको राम्रो र नराम्रो पक्ष छुट्याउन समेत सक्ने प्रतिवेदनले देखाएको छ । साथै एक अर्कालाई बुझ्न समेत दुवै यही उमेरमा समर्थ हुन्छन् । प्रतिवेदनमा २८ देखि ३२ वर्षको उमेरसम्म विवाह गर्न उपयुक्त मानिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर