डा. हर्क गुरुङ उद्यान बनाउन आठ लाख सहयोग « Khabarhub

डा. हर्क गुरुङ उद्यान बनाउन आठ लाख सहयोग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मर्स्याङदी गाउँपालिका-७ ताङलीचोकमा ‘डा हर्क गुरुङ उद्यान’ निर्माणका लागी सहयोग रकम जुटेको छ ।

डा. हर्क गुरुङ प्रतिष्ठानले डा. हर्क गुरुङको समाधी स्थल ताङलीचोकमा डा. गुरुङको सम्झनामा विभिन्न संरचना निर्माणको गुरुयोजना समेत निर्माण गरेकाले ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको हो ।

नेपालबाट युकेमा वसोवास गर्ने तमुहरुको सस्था ल्हेंगे तमु समाजले उत्तरी लमजुङको ताङ्लीचोकस्थित डा. हर्क गुरुङ समाधी स्थलमा विभिन्न संरचना निमार्णका लागि उक्त रकम सहयोग गरेको हो । ल्हेंगे तमु समाज युकेका सस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङले वडा अध्यक्ष युवा घलेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहाकारसमेत रहेका गुरुङले प्रतिष्ठानको योजना सफल बनाउन युकेस्थित नेपाली तथा विशेषगरी ल्हेगे तमु परिवारबाट रकम संकलन गरी प्रतिष्ठानलाई सहयोग गरेको बताए । करिब २५ रोपनी जग्गामा डा. हर्क गुरुङ पार्क, संग्राहलय र पुस्तकालय बनाउने प्रतिष्ठानको मुख्य योजनालाई मूर्त रुप दिन देशविदेशबाट सहयोग संकलनको क्रम जारी रहेको वडाअध्यक्ष युवा घलेले बताए ।

डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ साल असोज ७ गते डा. गुरुङको निधन भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : २५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको