लालबहादुर शास्त्रीको सफलता « Khabarhub

लालबहादुर शास्त्रीको सफलता


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन ज्यादै प्रेरणादायी छ । उनको जीवन ज्यादै गरिबीबाट गुज्रेको थियो । उनले सादा जीवन उच्च विचारको सिद्धान्तलाई पालना गरेका थिए ।

शास्त्री नैनी ताल जेलमा हुँदा उनकी छोरी पुष्पा बिरामी थिइन् । त्यस वेला कलेक्टरले यदि उनले बाहिर गएर कुनै आन्दोलनलाई समर्थन नगर्ने हो भने छोडी दिने बताएका थिए । तर उनले अँग्रेजको सामुन्ने नझुक्ने निर्णय लिए । उनको दृढतालाई देखेर अन्तमा कलेक्टरले बाध्य भएर उनलाई बिना सर्त रिहा गरे । शास्त्रीले छोरीको अन्तिम संस्कार गरे र फेरि जेल नै फर्किए । किनकि उनी कलेक्टरको दयाको पात्र बन्न चाहँदैनथे ।

शास्त्री आफ्नो समयको दुरुपयोग नहोस् भनेर धेरै सावधान रहन्थे । जेलमा पनि उनी लेख्ने पढ्ने गर्थे । त्यही उनले म्याडम क्युरीको जीवनीको हिन्दी अनुवाद गरे ।

सन् १९५१ को चुनावमा लालबहादुर शास्त्री काँग्रेस हाइकमानको प्रतिनिधि थिए । उनी तीनमूर्ति भवनमा बस्थे । नेहरुको नोकरले भोजनको थाल उनको अगाडि ल्याउँदा मात्रै उनलाई खानाको याद आउँथ्यो । कति पटक त काममा तल्लिन रहँदा उनले खान पनि बिर्सेका थिए ।

शास्त्रीको नैतिक मूल्य धेरै दृढ थियो । सन् १९५६ मा आशियालुरमा भएको रेल दुर्घटनाको जिम्मेवारी लिँदै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको बोली र कर्ममा कुनै अन्तर थिएन । अनिकालबाट बच्नको लागि जनतालाई कम्तीमा हप्तामा १ पटक नत्र एक छाक व्रत बस्न अपिल गरेका थिए । यस्तो काम उनले आफैले पनि गरेका थिए ।

साभार  :  ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ०२ बजे

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी

सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष

मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ ।