अधिक नुन शरीरका लागि विष समान « Khabarhub

अधिक नुन शरीरका लागि विष समान


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाहिनेभन्दा अलिकति पनि मात्रा बढी भयो भने त्यो अधिक सोडियमले शरीरभित्र नकारात्मक असर जन्माउन सुरु गर्दछ ।

विशेषज्ञको भनाइअनुसार एक स्वस्थ व्यक्तिले प्रत्येक दिन औसत २३०० मिलिग्रामभन्दा बढी सोडियम सेवन गर्नुहुँदैन । तर ३–४ पटक खाने बानी फेकाहरूको खानामा कतै न कतै नुनिलो वस्तु परेकै हुन्छ । यसरी दुई पटकभन्दा बढी नुनिलो स्वाद भएको वस्तु खानु भनेको सोडियमको औसत मात्रा बढ्नु हो । थोरै मात्र पनि यसको मात्रा बढ्नाले अनेकौँ किसिमका खतराहरू निम्तिन सक्छन् ।

आवश्यकताभन्दा बढी नुनको सेवन गर्दा त्यसले उब्जाउने पहिलो समस्या उच्च रक्तचाप हो । यसको मात्राप्रति सचेत नरही जथाभाबी सेवन गर्दा अनेकौँ गम्भीर रोग उब्जने खतरा हुन्छ ।

रसायन शास्त्रको भाषामा नुनलाई सोडियम क्लोराइड भनिन्छ । क्लोरिन त्यस्तो विषालु ग्याँस हो, जसको एक स्पर्शले मनुष्यलाई चौबिस घण्टा बेहोस बनाउन सक्दछ । यसको मात्रा थोरै मात्र पनि बढी भयो भने जीवनसमेत समाप्त गर्न सक्दछ।

जो व्यक्ति उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मृगौलासम्बन्धी समस्याबाट ग्रसित छ र चालीस वर्ष उमेर कटिसकेको छ, उसका लागि सोडियमको मात्रा प्रतिदिन केवल औसत १५०० मिलिग्रामभन्दा घटी हुनुपर्ने सल्लाह दिइन्छ।

हाल विश्वमा सबैभन्दा बढी मृत्युको कारणमध्ये मुटुजन्य रोगलाई प्रमुख मानिन्छ । उच्च रक्तचाप र मुटुरोग एकआपसमा अन्तर सम्बन्धित छन्। नुनको मात्रा बढ्ने बित्तिकै देखा पर्ने पहिलो र व्यापक रोग यही उच्च रक्तचाप हो ।

अनेकौँ शोधअध्ययनले बताएका छन् कि नुनद्वारा सोडियमको मात्रा बढेपछि शरीरमा अत्यावश्यक पोटासियम, म्याग्नेसियम, क्याल्सियम र भिटामिन ‘सी’ जस्ता तत्त्वको मात्रा घट्न जान्छ ।

अर्कोतर्फ सोडियमको अधिकताले रक्त वाहिनी नशाहरूमा पानीको मात्रा बढ्न जान्छ, जसले गर्दा अस्वस्थकर रगतको परिणाममा वृद्धि हुन्छ । रगतको परिमाण बढेपछि रक्तसञ्चार कार्य जटिल हुन जान्छ र ब्लडप्रेसरको समस्या देखा पर्दछ ।

साभार  :  ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ३८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको