प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल « Khabarhub

प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका सांसद युवराज दुलालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी भए पनि टेबल गर्नेपक्षमा रहेको बताएका छन्।

एमसीसीलाई संसद्मा फेल गर्ने सांसदको संख्या नभएको उनको भनाइ छ। संसदमा काँग्रेस, एमाले दुवै पक्षका संस्थापन समूह पास गर्ने पक्षमा रहेकाले पास हुने उनको तर्क छ।

‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्छ। संसदमा एमसीसी फेल गर्न पुग्ने सांसदको संख्या छैन’, सोमबार बिहान फेसबुकमा सांसद् दुलालले लेखेका छन्, ‘किनकी कांग्रेस र एमाले दुवैका संस्थापन पक्ष एमसीसी पास गर्ने पक्षमा छन्।’

माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य दुलालले पास गरेपछि भने देशले महंगो मूल्य चुकाउनुपर्ने टिप्पणीसमेत गरेका छन्।

‘एमसीसी कसैलाई पास गरे पनि हुन्छ भन्ने लाग्ला, तर यो पास गरेको भोलिपल्टदेखि पास गर्नेले त पश्चाताप गरे पुग्ला तर नेपाल राष्ट्रले महंगो मूल्य चुकाउनु पर्नेछ’, उनले थप लेखेका छन्, ‘खवरदार !’

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ४१ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको