कानको समस्या समाधानमा घरेलु उपचार « Khabarhub

कानको समस्या समाधानमा घरेलु उपचार


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोलाको कलकल ध्वनि, कोइलीको कुहू कुहू अनि बाँसुरीको सुरिलो धुन । यी ध्वनिहरू आफैमा मनमोहक र सुमधुर बनेका होइनन् । तपाईँ हाम्रो कान छ र त यी सुमधुर बनेका छन् । कान अर्थात् श्रवण शक्तिविनाको जीवन कल्पना पनि गर्न सकिन्न ।

तसर्थ कानको स्वास्थ्यको बारेमा हामी चर्चा गर्दैछौँ । कानको समस्याका धेरै प्रकारहरु हुन्छन् । जस्तै-कान पाक्नु, कान दुख्नु, कान कम सुन्नु, कान कराउनु आदि ।

यो समस्यालाई प्राकृतिक तथा घरेलु तरिकाबाट उपचार गर्ने तरिका निम्नानुसार—

भोजन

– धेरै दुखाइ भएको अवस्थामा खाना खानुको सट्टा फलफूल र जूसमात्र सेवन गर्नु लाभदायक मानिन्छ ।

– यो अवधिमा सुन्तलाको जूसमा पानी मिसाएर पिउनुपर्दछ ।

– दैनिक भोजनमा सन्तुलित आहार (आँटा, ब्राउन राइस, सलाद, तरकारी, फलफूल आदि) समावेश गराउनुपर्दछ ।

– दैनिक ओखरको सेवनले पनि श्रवणशक्ति विकास गर्दछ ।

घरेलु उपचार

– दुखेको कानमा तोरीको तेल हल्का तताएर अदुवाको रस २–३ थोपा मिलाएर कानमा राख्दा आराम मिल्दछ ।

– कानमा कीरा पसेको भए मनतातो तेल राख्नाले कीरा मर्छ र बाहिर निस्कन्छ ।

– कानको दुखाईमा मनतातो प्याजको रस कानमा २–४ थोपा राख्नाले पनि दुखाई कम गर्छ ।

– कान पाक्ने  फोका उठ्ने समस्या भए तोरीको तेलमा थोरै नुन मिलाएर मनतातो बनाई कानमा राख्ने र त्यसको वरपर मालिस गर्न सकिन्छ।

– तोरीको तेलमा लसुन पकाइ सो तेल साँझ/बिहान २–२ थोपा कानमा लगाउन सकिन्छ ।

– कानबाट झोल बग्छ भने नीमको पातको रस शुद्ध मह मिलाएर कानमा राख्न सकिन्छ । यसले दुखाई कम गर्नका साथै बहिरोपन कम गर्न सघाउँछ ।

– गाईको पिसाब वा आफ्नै पिसाब केही थोपा कानमा राख्नु पनि ज्यादा प्रभावकारी हुन्छ ।

साभार :  ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ४४ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति