तेजस्वीले जितिन् नयाँ ‘बिग बोस’को उपाधि « Khabarhub

तेजस्वीले जितिन् नयाँ ‘बिग बोस’को उपाधि


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।

शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो ।

तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।

अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ११ बजे

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे