भारतमा कोरोना : संक्रमण दर घट्यो, मृत्युदर बढ्यो « Khabarhub

भारतमा कोरोना : संक्रमण दर घट्यो, मृत्युदर बढ्यो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या बढ्दो छ ।

पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो ।

पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो ।

सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ ।

कोरोना संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् ।

ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : २२ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको