महेश बाबु किन जोडिएनन् ‘पुष्पा’ मा ? | Khabarhub Khabarhub

महेश बाबु किन जोडिएनन् ‘पुष्पा’ मा ?


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ ।

हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपर्युक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए । त्यसका लागि उनले कैयौं पटक महेश बाबुसमक्ष प्रस्ताव लगेका थिए ।

‘वास्तविकता भन्दा महेश बाबुले एन्टी–सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन् । यद्यपि महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो । तर उनलाई यो भूमिका आफ्ना लागि उपर्युक्त नहुने लाग्यो ।

किनकी उनी एन्टी–सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ४० बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा