महेश बाबु किन जोडिएनन् ‘पुष्पा’ मा ? « Khabarhub

महेश बाबु किन जोडिएनन् ‘पुष्पा’ मा ?


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ ।

हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपर्युक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए । त्यसका लागि उनले कैयौं पटक महेश बाबुसमक्ष प्रस्ताव लगेका थिए ।

‘वास्तविकता भन्दा महेश बाबुले एन्टी–सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन् । यद्यपि महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो । तर उनलाई यो भूमिका आफ्ना लागि उपर्युक्त नहुने लाग्यो ।

किनकी उनी एन्टी–सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ४० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित