एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल | Khabarhub Khabarhub

एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहयोग परियोजना(एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

छलफलमा तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भइसकेको छ ।

बैठकमा सहभागी सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शनिबार एमसिसीबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेपछि एमसिसी टेबल गर्नेबारे सहमति भएको बताए । कार्की कार्यदलका सदस्यसमेत हुन् । उनले हालका लागि एमसिसी मुद्धालाई बिथोलिन नदिनका लागि गठबन्धन दलहरु सहमत रहेको खुलाए ।

कार्यदलमा मन्त्री कार्कीसहित नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सदस्य छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : १० बजे

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ ।

हनुमानढोकाका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा – गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि

दशैंमा गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

काठमाडौं– दशैंमा बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को लागेको छ

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको