रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो « Khabarhub

रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा लगाइदिएको ताला प्रहरीले तोडेको छ । आन्दोलनरत पुराना कर्मचारीले शुक्रबार लगाएको ताला प्रहरीले आज तोडिदिएको हो ।

आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् ।

नेपाल रेल्वेका महाप्रबन्धक झाले गैरकानुनी तरिकाले आफूहरूलाई हटाएर आफ्ना कार्यकर्ताहरूलाई गुपचुप तरिकाबाट तालिम दिइरहेको उनीहरूको आरोप छ । अहिलेको भर्ना बदर गरी आफूहरूलाई नियुक्त नगरेसम्म चरणबद्ध आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिँदै आएका छन् ।

रेल्वेका पुराना कर्मचारीलाई कामकाजमा खटाउने मन्त्रिपरिषद्को निर्णयबमोजिम तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले २०७८ साल वैशाख ४ गतेबाट उनीहरूलाई ज्यालादारीमा नियुक्त गरेका थिए । वैशाख ८ गतेबाट उनीहरूलाई भारतबाट प्रशिक्षक मगाएर विशेष तालिम पनि दिइएको थियो । तर, नयाँ महाप्रबन्धक निरञ्जन झा आएपछि २०७८ साल भदौं १८ गते सूचना निकालेर उनीहरूको हाजिरी रोक्का गरिदिएका थिए ।

झाले रेल्वेका पुराना ६५ सहित १ सय ५१ जनाको हाजिरी रोक्का गरिदिएका थिए । तर, अहिले आएर ६१ जनालाई भर्ना गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : ४९ बजे

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन