नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ मा पुगेको छ । कूल २२५ कम्पनीको एक करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ बराबरको कारोबार भयो ।

कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार अन्य ३७.३४, लघुवित्त ३०.१७ अङ्कले ओरालो लागेको छ ।

यस्तै, बैंकिङ १९.५२, व्यापार १५.२७,होटल तथा पर्यटन २३.१२, विकास बैंक ११०.१५, जलविद्युत् २३.०६,वित्त ४३.१७, निर्जीवन बीमा १७८.७६, उत्पादन ७१.३७, जीवन बीमा २२१.३२ र सामूहिक लगानी कोष ०.११ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ५८ अर्ब ७४ करोड १६ करोड २९ लाख ९६८ बराबर पुगेको छ ।

कारोबारका आधारमा एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड १२ लाख ७८ हजार ६३९ बराबरको कारोबार भयो । यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३१ करोड ८२ लाख ७८ हजार १९०, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड १८ लाख ८४ हजार ६४, अरुण भ्याली हाइड्रोपावर रु १८ करोड २६ लाख २६ हजार ७१३ र जीवन विकास लघुवित्त रु १७ करोड ७५ लाख ४६ हजार ३१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न तीन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यसमा फरवार्ड माइक्रोफाइनान्स, वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल लघुवित्तका शेयरधनीले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो ।

यस्तै, छ्याङ्दी हाइड्रोपावर ८.९७ र एचआइडिसिएलका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.४४, सिभिल लघुवित्त ३.४२, न्यादी हाइड्रोपावर ३.१७, पञ्चकन्या माई हाइड्रोपावर ३.०८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ३५ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले