चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव | Khabarhub Khabarhub

चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको चैनपुरका २५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।

खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर-१० का १४ घरपरिवार बसाइँ सरेका छन् ।

पिलुवा खोलामा पानी लिन जाँदा २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायताका गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् ।

चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइसरेको वडाध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए ।
गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल,राम तामाङ,गोविन्द कटुवाल,खगेन्द्र कटुवाल,याम बहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् ।

त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ,सिंहबहादुर राई,ज्ञान बहादुर राई लगायतको घरपरिवार बसाइसरेका हुन् । झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ ।

खानेपानीको चरम अभाव भएको चैनपुर –१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,चैनपुर नगरपालिका र युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुष्मा लिफ्टिङ खानेपानी शिलान्यास भएका छ ।

खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयले खुसी व्यक्त गर्दे चाडै सम्पन्न गरिदिनु अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १५ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको