विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला « Khabarhub

विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ३१ मार्च २०२२ । ३१ मार्चमा विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

ब्राजिलका सैनिक तानाशाह
सन् १९६४ मा कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोको शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।

अमेरिकामा डीएसटी सुरु
सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो । अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन् । डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो ।

इफेल टावर खुला
सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो । सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा