ट्र्याक्टरको रोटाभेटरमा परेर बालकको मृत्यु « Khabarhub

ट्र्याक्टरको रोटाभेटरमा परेर बालकको मृत्यु


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लाको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ । यता बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ८ : २७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा