युद्धका कारण रुस र युक्रेनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने प्रक्षेपण « Khabarhub

युद्धका कारण रुस र युक्रेनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने प्रक्षेपण


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युरोपमा युद्धमा होमिएका दई मुलुकहरु रुस र युक्रेनको अर्थतन्त्रमा यस वर्ष ठूलो धक्का लाग्ने प्रक्षेपण गरिएको छ । पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कूल ग्राहस्थ उत्पादन जीडीपी २० प्रतिशतले सङ्कुचित हुनेछ।

अर्धवार्षिक क्षेत्रीय आर्थिक रिपोर्ट सार्वजनिक गर्दै लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट इबीआरडीले यस्तो प्रक्षेपण गरेको हो । इबीआरडीका अनुसार दुई देशबीचको युद्धले ५० वर्षका लागि ‘सबैभन्दा ठूलो आपूर्ति झट्का’ निम्त्याउनेछ।

‘अहिले ६० प्रतिशत युक्रेनी कूल ग्राहस्थ उत्पादन हुने भूभागमा युद्ध भइरहेको छ ।’ इबिआरडीको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, युक्रेनका ३० प्रतिशत व्यापारहरु बन्द भइसकेको र विद्युत खपत युद्धअघिको तुलनामा ६० प्रतिशतले कमी आएको जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि इबीआरडीले यो वर्ष युक्रेनी जीडीपी ३ दशमलब ५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ४२ बजे

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा