ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन « Khabarhub

ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुई हजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् ।

उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो । तर, एक हजार १२५ जना आवेदन मागेकोमा दुई हजार ९०४ जनाको निवेदन परेकाे छ ।’

आवेदन दिनमध्ये पनि केही छनौट प्रक्रियामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने,‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरू छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर, यसपल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’

उनका अनुसार अहिले महिलाको संख्यामा भने केही वृद्धि भएको छ । जावलाखेल फुटवल ग्राउण्डमा भइरहेको शारीरिक छनौट प्रक्रिया बिहीबारसम्म चल्लेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । २१ चैत्रमा लिखितमा उत्तीर्णहरूको अन्तर्वार्ता हुनेछ भने २२ चैत्रमा हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ ।

म्यादीमा भर्ना हुनका लागि प्रहरीले महिलाका लागि ५ फिट पुरुषका लागि ५ फिट २ इन्च हुनु पर्ने मापदण्ड राखेको छ । छनौट प्रक्रियामा पुसअप, सेटअप, दौड, स्वास्थ्य परीक्षण, तौल र उचाई नापजाँच गरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : १२ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री