‘शमशेर’ मा थपिए सुमन र हिमेश | Khabarhub Khabarhub

‘शमशेर’ मा थपिए सुमन र हिमेश


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडियन हिमेश पन्त पछिल्लो समय एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन् । केही समय अगाडी मात्र मिलन चाम्सको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘वर एण्ड वधु’ मा अभिनय गर्ने सम्झौता गरेका हिमेश अर्को फिल्म ‘शमशेर’ मा पनि भित्रिएका छन् ।

मनिष राउत र गौरव पहाडी पश्चात निर्माण टिमले हिमेशसँगै सुमन गौतमको लुक्स सार्वजनिक गरेको छ । मुख्य अभिनेत्री र निर्देशकको खोजी भइरहेको बताउने फिल्म युनिटले अन्य कलाकारहरु अनुबन्धित भएको जानकारीसँगै लुक्स समेत सार्वजनिक गरिरहेको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानीमा तयार हुनेछ । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

सीबड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर