गठबन्धन सरकारको काम गर्ने क्षमता र दक्षता छैन : एमाले अध्यक्ष ओली | Khabarhub Khabarhub

गठबन्धन सरकारको काम गर्ने क्षमता र दक्षता छैन : एमाले अध्यक्ष ओली


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै नभएको टिप्पणी गरेका छन् ।

जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुवै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना अहिलेको गठबन्धन सरकारले कटौती गरेको आरोप लगाएका हुन् ।

‘मेरो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्‍यो, अहिलेको सरकारसँग काम गर्ने क्षमता नभएपछि कटौती भयो,’ उनले भने, ‘अहिलेको सरकारले डङ्ग, क्षमता र काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ । चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई फेरि अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यस बेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे। ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्र प्रेमीहरू एमालेमा आउनुपर्छ,’ अध्यक्ष ओलीले भने ।

उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने बताए । दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै स्थानीय तह लाग्नुपर्ने बताए। अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी समेत गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : ५६ बजे

ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू)

काठमाडौं– ब्रिटिस गोर्खा सैनिकहरूले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

जनकपुर– एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको आदेश

एजेन्सी – इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा

‌ओलीबारे प्रचण्ड- आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको

नागरिकको राय, सुझावमा बजेट बन्ने छ : मन्त्री यादव

सिन्धुपाल्चोक– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट खानेपानी