मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगन्ज महानगरपालिका–२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो । 

मोटरसाइकलमा ना. २५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त मोटरसाइकल वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

यसैगरी वीरगन्ज महानगरपालिका–१ बस्ने सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ०९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा