रुससँग नजिक नहुन चीनलाई बेलायती जासुसी निकायका प्रमुखको चेतावनी « Khabarhub

रुससँग नजिक नहुन चीनलाई बेलायती जासुसी निकायका प्रमुखको चेतावनी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती जासुसी निकायका प्रमुखले चीनलाई रुससँग धेरै नजिक नहुन चेतावनी दिएका छन् । बेलायती जासुसी निकाय जीसीएचक्यूका साइबर जासुसी एकाइका प्रमुख सर जेरेमी फ्लेमिङले युक्रेनमाथि आक्रमण गरिरहेको रुससँग धेरै नजिक नहुन चीनलाई चेतावनी दिएका हुन् ।

बीबीसीका अनुसार हाल अष्ट्रेलियामा रहेका सर फ्लेमिङले क्यानबेरास्थित अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयमा दुर्लभ सार्वजनिक सम्बोधन गर्दै रुससँगको गठबन्धनले चीनको दीर्घकालीन हित नहुने बताएका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सल्लाहकारहरूले गुमराहमा पारेको समेत बताए । पुटिनले युक्रेनको अवस्थालाई हल्का रुपमा लिएको समेत उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय नियमलाई ‘जानाजान र गैर कानूनी रुपमा बेवास्ता गर्ने’ रुसी सत्तासँग नजिकको गठबन्धनले विश्वमा नेतृत्वदायी भूमिका निभाउने चीनको दीर्घकालीन चाहना पूरा नहुने उनले बताए ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच ‘सौहार्दपूर्ण वातावरणमा’ गत साता कुराकानी भएको समाचार सार्वजनिक भएसँगै बेलायती जासुसी निकायका प्रमुखको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ०४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा