रुससँग नजिक नहुन चीनलाई बेलायती जासुसी निकायका प्रमुखको चेतावनी « Khabarhub

रुससँग नजिक नहुन चीनलाई बेलायती जासुसी निकायका प्रमुखको चेतावनी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती जासुसी निकायका प्रमुखले चीनलाई रुससँग धेरै नजिक नहुन चेतावनी दिएका छन् । बेलायती जासुसी निकाय जीसीएचक्यूका साइबर जासुसी एकाइका प्रमुख सर जेरेमी फ्लेमिङले युक्रेनमाथि आक्रमण गरिरहेको रुससँग धेरै नजिक नहुन चीनलाई चेतावनी दिएका हुन् ।

बीबीसीका अनुसार हाल अष्ट्रेलियामा रहेका सर फ्लेमिङले क्यानबेरास्थित अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयमा दुर्लभ सार्वजनिक सम्बोधन गर्दै रुससँगको गठबन्धनले चीनको दीर्घकालीन हित नहुने बताएका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सल्लाहकारहरूले गुमराहमा पारेको समेत बताए । पुटिनले युक्रेनको अवस्थालाई हल्का रुपमा लिएको समेत उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय नियमलाई ‘जानाजान र गैर कानूनी रुपमा बेवास्ता गर्ने’ रुसी सत्तासँग नजिकको गठबन्धनले विश्वमा नेतृत्वदायी भूमिका निभाउने चीनको दीर्घकालीन चाहना पूरा नहुने उनले बताए ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच ‘सौहार्दपूर्ण वातावरणमा’ गत साता कुराकानी भएको समाचार सार्वजनिक भएसँगै बेलायती जासुसी निकायका प्रमुखको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ०४ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,