टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’ « Khabarhub

टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुलेहाबेर टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् ।

यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता भएको थियो । अन्तरवार्ताका क्रममा विदेशमन्त्री चाभुसोग्लुले इस्तानबुल शान्ति वार्तामा भएका सहमतिको कार्यान्वयन टर्कीले नदेखेको समेत बताए । यद्यपि वार्ताबाट केही उपलब्धि भने हासिल भएको उनको भनाइ छ ।

इस्तानबुलमा भएको शान्ति वार्ताका क्रममा रुस र युक्रेनका वार्ताटोली बीच रुसले युक्रेनमा आक्रमणको स्तरमा कमी ल्याउने तथा युक्रेनले सुरक्षा ग्यारेन्टी भएको खण्डमा तटस्थताको नीति अपनाउने सहमति भएको थियो । यद्यपि युक्रेनले भने रुसले उक्त सहमति कार्यान्वयन नगरेको र आक्रमणलाई जारी राखेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : ४० बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको