कोलम्बियामा विमानको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित « Khabarhub

कोलम्बियामा विमानको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोलम्बियाको मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा एक हवाईजहाजको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित भएका छन् ।

ल्याटिन अमेरिकन एयरलाइन्स (ल्याटम) को एयरबस ए ३२०-२०० विमानको अगाडिको ल्यान्डिङ गियर टेकअफको केही समयपछि खस्दा उक्त विमान रियोनेग्रो शहरको होजे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता भएको थियो ।

यसकारण उडान र अवतरण रद्द हुँदा २१,००० भन्दा बढी यात्रु र १३६ उडान प्रभावित भएको कोलम्बियाका नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन् ।

समाचार संस्था एएफपीका अनुसार विमानको आकस्मिक अवतरणका क्रममा भने कुनै पनि मानवीय क्षति भएको छैन ।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क्रममा छ ।’ ओर्लान्डोले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा