जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ठोक्किएका थिए ।

दुवै सवारी साधनसहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ५७ बजे

लगातारको वर्षापछि सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार